काठमाडौँ । फिफा विश्वकप २०२६ को समूह चरण जारी रहँदा सात टोलीले अन्तिम ३२ मा स्थान सुरक्षित गरेका छन्। साविक विजेता अर्जेन्टिनासहित अमेरिका, मेक्सिको, जर्मनी, फ्रान्स, नर्वे र कोलम्बियाले उत्कृष्ट प्रदर्शन गर्दै नकआउट चरणको यात्रा तय गरेका हुन्।
दक्षिण अमेरिकाबाट अर्जेन्टिना र कोलम्बिया, युरोपबाट जर्मनी, फ्रान्स र नर्वे तथा आयोजक राष्ट्र अमेरिका र मेक्सिकोले समयअगावै अर्को चरणको टिकट काटेका छन्।
४८ टोली सहभागी यसपटकको विश्वकपमा बाँकी स्थानका लागि प्रतिस्पर्धा अझै खुला छ। समूह चरणका बाँकी खेलसँगै नकआउट चरणको समीकरण थप रोमाञ्चक बन्ने अपेक्षा गरिएको छ।
उपाधि दाबेदार टोलीहरू अघि बढिरहँदा विश्व फुटबलको महाकुम्भमा अब हरेक खेल निर्णायक बन्दै गएको छ।

प्रतिक्रिया