गोरखा । बुढीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको आरुघाटस्थित पुलमा बेलिब्रिज राख्न सुरु गरिएको छ।
असोज २५ गते बिहान आएको बाढीले गोरखा र धादिङ जोड्ने पक्की पुलको गोरखातर्फको २२ मिटर आरसीसी संरचना बगाएको थियो। पुलका तीन खण्डमध्ये उक्त खण्डमा ट्रस संरचना मात्रै बाँकी रहेको थियो।
क्षतिग्रस्त पुलको निरीक्षणमा गएको प्राविधिक टोलीले बेलिब्रिज राख्न सकिने सुझाव दिएपछि काम अघि बढाइएको हो।
सडक विभागका अनुसार बेलिब्रिज राख्न आवश्यक सामग्री मंगलबार सात ट्रकमा घटनास्थलमा पुर्याइएको छ।

प्रतिक्रिया