काठमाडौँ । सानेपाको वैधानिक नेपाली कांग्रेस र गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिलाई चुनौती दिँदै आएको देउवा निकट (इतर) समूहले काठमाडौँको खुलामञ्चमा समानान्तर महाधिवेशन गर्ने घोषणा गरेको छ।
आगामी मङ्सिर २१ देखि २३ गतेसम्म खुलामञ्चमा उद्घाटन, भृकुटीमण्डपमा खानपान र राष्ट्रियसभागृहमा मतदान गराउने तयारी गरिए पनि इतर पक्षभित्र अहिलेसम्म सभापतिको साझा उम्मेदवारसम्म तय हुन सकेको छैन।
निर्वाचन आयोग र अदालतबाट गगन थापाको कार्यसमितिले आधिकारिकता पाइसकेको अवस्थामा देउवा पक्षले गर्न लागेको यो अभ्यास कानुनी रूपमै अवैध ठहर्ने कानुनी विज्ञहरूको भनाइ छ।
भावी नेतृत्वको किचलोमा फसेको इतर समूहले ७ हजार प्रतिनिधिको नाममा सडकमा शक्ति प्रदर्शन गरेर पार्टी विभाजन गर्न खोजेको भन्दै संस्थापन पक्षले कडा कानुनी र राजनीतिक एक्सन लिने चेतावनी दिएको छ।

प्रतिक्रिया