काठमाडौँ गोर्खाज विरुद्ध टस जितेर ब्याटिङमा कर्णाली

काठमाडौँ। टीयु अन्तर्राष्ट्रिय क्रिकेट रङ्‍गशालामा जारी नेपाल प्रिमियर लिग (एनपिएल) सिजन-२ अन्तर्गत आइतबारको खेलमा काठमाडौँ गोर्खाज विरुद्ध टस जितेर कर्णाली याक्सले ब्याटिङ सुरु गरेको छ । सोमपाल कामीको कप्तानीमा चारवटा प्रतियोगितामा सहभागी कर्णाली याक्सले एउटा मात्र जितेको छ । दुई अंकका साथ कर्णाली छैटौँ स्थानमा छ । प्लेअफको यात्रामा रहिरहन उसलाई जित्नैपर्ने बाध्यता छ ।…