काठमाडौँ। विनोद भण्डारीले अर्धशतक बनाएपछि सुदूरपश्चिम रोयल्सले सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार लुम्बिनी लायन्सलाई पराजित गर्दै लगातार चौथो जित हात पारेको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा सुदूरपश्चिमले लुम्बिनीलाई ७ विकेटले पराजित गरेको हो । लुम्बिनीले दिएको १४४ रनको लक्ष्य सुदूरपश्चिमले १८.२ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो…