काठमाडौँ । नेपाल महिला यू-१९ एसिया कपको फाइनलमा पुग्न असफल भएको छ । आज भएको सुपर फोर अन्तरगतको खेलमा बांङ्लादेशसँग ९ विकेटको हार व्यहोर्दै नेपाल बाहिरिएको हो । वर्षाका कारण ११ ओभरमा छोट्याइएको खेलमा नेपालले टस हारेर पहिले ब्याटिङको निम्तो पाएको थियो । तीन ब्याटरहरु दुर्भाग्यपूर्णरुपमा रन आउट भएपछि नेपाल बलियो स्कोरमा पुग्न सकेन ।…