काठमाडौं । विभागीय टोली एपीएफ क्लबले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । शनिबार भएको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै साविक विजेता समेत रहेको एपीएफले उपाधि जितेको हो । सुदूरलाई फाइनलमा ९ विकेटले पराजित गर्यो । सुदूरले लिएको ६८ रनको लक्ष्य एपीएफले १३औं ओभरमा १ विकेटको क्षतिमा पूरा गर्यो । एपीएफका लागि ममता चौधरीले र…