काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले निजामती सेवा विधेयकको दफा हेरफेर गरिनु संसद र सांसदको अपमान भएको बताएका छन् । प्रतिनिधि सभाबाट पारित भएको निजामती सेवा विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्था हेरफेर गरेको पाइएपछि विरोध भइरहेको छ । कर्मचारीलाई अवकाश वा राजीनामाको दुई वर्षसम्म संवैधानिकलगायत पदमा नियुक्ति रोक्ने विषयमा प्रतिनिधि सभाको राज्य…