काठमाडौँ। नेपाली काँग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज पनि स्थगित गरिएको छ । दिउँसो १ बजेलाई तय गरिएको आजको बैठक बस्दै नबसी स्थगित गरिएको सूचना प्रकाशित गरिएको छ । हिजो शुक्रबार पनि बैठक बस्दै नबसी स्थगित गरिएको थियो । आसन्न १५औँ महाधिवेशनको मितिलाई लिएर काँग्रेसभित्र तीव्र विवाद छ । काँग्रेसमा संस्थापन र महामन्त्रीले महाधिवेशनको फरक(फरक तालिका…