काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु भएको छ । पार्टी मुख्यालय पेरिस डाँडा कोटेश्वरमा केही बेरअगाडि बैठक सुरु भएको हो । बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ ।