मोरङ- जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले वर्तमान सरकार असफल भइसकेको बताएका छन्। जसपा नेपालको पहिलो मोरङ जिल्ला अधिवेशनको विराटनगरमा सोमबार उद्घाटन गर्दै अध्यक्ष यादवले सरकार आफैंले प्रतिबद्धता जनाएको सुशासन, भ्रष्टाचार नियन्त्रण र संविधान संशोधनमा कुनै काम नगरेकै कारण सरकार पूर्ण असफल भएको अध्यक्ष यादवको तर्क छ । सबै नियुक्ति, नीति तथा कार्यक्रमदेखि बजेट निर्माणसम्म बिचौलियाहरू नै…