काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकार गठनका बेला भएको सात बुँदे सहमति कार्यान्वयनमा सरकार चुकेको बताएका छन्। आज (सोमबार) संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै कोइरालाले सात बुँदे सहमतिमा उल्लेख संविधानमा संशोधन, आर्थिक सुधार, भ्रष्टाचारलाई निर्मूल गर्ने, दण्डहीनताको अन्त्य, सुशासन कायमलगायतमा सरकार चुकेको बताएका हुन् । उनले एमाले–कांग्रेसको दुईतिहाइको…