अखिल क्रान्तिकारीको अध्यक्षमा सापकोटा विजयी

काठमाडौँ । अखिल क्रान्तिकारीको अध्यक्षमा विजयप्रकाश सापकोटा विजयी भएका छन् । नेकपा माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल क्रान्तिकारीको पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा उपत्यका र विश्वविद्यालय प्रदेशको जारी मतगणनामा सापकोटा ७३ मतान्तरले अध्यक्षमा विजयी भएका हुन् । उपमहासचिव शक्ति बस्नेत निकट मानिने सापकोटालाई माओवादीको संस्थापन पक्षको समर्थन रहेको थियो । त्यस्तै क्रान्तिकारीको महासचिवमा रोशन थापा…