डोटी- नेपाल कम्युनिष्ट पार्टी (एमाले)डोटीको अध्यक्षमा मञ्जु मलासी निर्वाचित भएकी छन् । सोमबार भएको मतदानको आज बिहान मत परिणाम सार्वजनिक भएको हो । निकटतम् प्रतिद्वन्द्वी शेरबहादुर मल्ललाई ४४ मत अन्तरले पराजित गर्दै मलासी निर्वाचित भएकी हुन्। मलासीले दुई सय १५ मत प्राप्त गरिन् भने उनका प्रतिद्वन्द्वी मल्लले एक सय ७१ मत प्राप्त गरे । त्यसैगरी उपाध्यक्षमा…