मोरङ– नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको सरकारबाट पार्टीले हात झिक्नुपर्ने स्थिति नभएको बताएका छन्। संविधान संशोधन र स्थायीत्वका लागि कांग्रेससहित एमालेको लगभग दुई तिहाईको अवस्था रहेका कारण त्यतातिर ध्यान दिनुपर्ने कोइरालाको भनाई छ। बिराटनगरस्थित कोइराला निवासमा बिहीबार भएको पत्रकार सम्मेलनका क्रममा उनले त्यस्तो भनेका हुन्। सरकार नेपाली कांग्रेस र एमाले बीचको सहमतिमा बनेकोले…