प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारुढ दलहरूको बैठक बोलाएका छन् । बैठक अहिले बिहान ९ बजेपछि प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । बैठकमा पछिल्लो समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।