काठमाडौं । प्रहरी महानिरीक्षक वसन्त कुँवरले बालकुमारी रुटमा मन्त्रीको सवारी भएपछि प्रदर्शनले असामान्य रूप लिएको बताएका छन् । संसदीय समितिमा छलफलका क्रममा उनले मन्त्रीको गाडी त्यही रुट भएर गएपछि प्रदर्शनकारीहरू अग्र बनेको बताए । मन्त्रीलाई नै हातपात गर्ने गाडीमा आगजनी हुनसक्ने भन्ने सूचना आएपछि सुरक्षाकर्मीहरू त्यसतर्फ गएको उनले बताए । राज्य व्यवस्था तथा सुशासन समितिको…