काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेपछि भारतसँग चिसिएको सम्बन्ध सुधारका लागि परराष्ट्रमन्त्री आर्जु राणा देउवाले गरेको पछिल्लो प्रयास पनि विफल भएको छ। भारतको नयाँ दिल्लीमा आयोजित ‘रायशिना डाइलग’मा भाग लिन पुगेकी परराष्ट्रमन्त्री राणाले भारतीय समकक्षी यस जयशंकरसँग मंगलबार भेटवार्ता गरेकी हुन्। रायसिना डायलगमा साइडलाइन वार्ताका क्रममा दुई देशका परराष्ट्रमन्त्रीबीच भेटवार्ता भएपनि त्यसले अपेक्षाकृत…