काठमाडौ । नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सोलुखुम्बु निर्वाचन क्षेत्रबाट प्रकाशसिंह कार्कीलाई उम्मेदवार टुंगो लगाएको छ । पार्टीको केन्द्रीय निर्णयअनुसार सोलुखुम्बुबाट नेपाली कांग्रेसको तर्फबाट प्रकाशसिंह कार्कीलाई प्रतिनिधिसभा प्रत्यक्षतर्फको उम्मेदवारको रूपमा चयन गरिएको हो । कार्की नेपाली कांग्रेस सोलुखुम्बुका प्रभावशाली नेता हुन् तथा पार्टीको उद्योग व्यापार विभागसँग सम्बद्ध रहँदै आएका…