रुपन्देही । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यो सरकार अहिलेको संसदमा सबैभन्दा बलियो सरकार भएको बताएका छन् । शुक्रबार रुपन्देहीमा नेपाली उद्यमी मन्चको सातौं राष्ट्रिय नेतृत्वसीप सम्मेलनको उदघाटन गर्दै पौडेलले यही सरकारबाट नै स्थिरता संभव रहेको बताए । ‘पछिल्लो निर्वाचनबाट अहिलेको संसदमा रहेको सबैखालका गठबन्धनको अभ्यास गरेर असफल भएपछि कांग्रेस एमालेको सरकार बनेको हो, अहिलेको…