काठमाडौं । नेकपा माओवादी केन्द्रको बागमती प्रदेशको परामर्श समितिका दोस्रो दिनको बैठक अहिले पार्टी कार्यालय पेरिसडाँडामा बसिरहेको छ। बैठकमा नेताहरूले आआफ्नो धारणा राख्ने क्रममा चलिरहेको छ। हिजोको बैठकमा अध्यक्षको ब्रिफिङपछि ४० जना नेताहरूले आफ्नो धारणा राखेका थिए। बैठकमा बोल्नेहरूले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आलोचनात्मक सुझाव दिएका छन्। बोल्ने अधिकांश नेताहरूले उपमहासचिव जनार्दन शर्माले राखेको प्रस्तावलाई…