गठबन्धनमा अन्य दललाई पनि समेट्न एमालेले पहल गर्ने

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक सकिएको छ। बैठकले सत्ता समीकरणमा आएको परिवर्तनलाई पार्टीले सकारात्मक रूपमा ग्रहण गरेको बैठकपछि पार्टी महासचिव शंकर पोखरेलले जानकारी दिए । ‘मुलुकमा जुन प्रकारको संकटको अवस्था सिर्जना भएको छ । त्यसलाई सकारात्मक दिशामा अगाडि बढाउने कुरामा, जनतामा आशा र विश्वास जगाउने कुरामा, मुलुकको राजनीतिक स्थायित्व र विकासमा टेवा पुर्‍याउने हिसाबले…