स्थानीय तहमा मेयर, उपमेयरलगायत ३४ पद रिक्त

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तहको उपनिर्वाचनको तयारी अघि बढाएको छ । आयोगले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि देशभरबाट विभिन्न कारणले नगरपालिका प्रमुख, उपप्रमुख तथा गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा वडाध्यक्ष गरेर ३४ पद रिक्त रहेकाले उपनिर्वाचन गर्ने तयारी गरेको हो । स्थानीय तह निर्वाचन ऐन,…