काठमाडाैँ । २००९ साल फागुन २८ मा इलामको सुन्तलाबारीमा आँखा खाेलेका सुवास नेम्वाङले २०८० साल भदाै २६ गते काठमाडाैँकाे बालुवाटारमा सधैँका लागि आँखा चिम्लिए । सोमबार बिहानैदेखि बिरामी रहेका नेम्वाङ बेलुका अलिकति सुप पिएर सुतेका थिए । राति १ बजेतिर शौचालयमा ढलेकाे अवस्थामा भेटिएका उनलाई बालुवाटारस्थित निवासबाट त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुर्याउँदा उनकाे मृत्यु भइसकेकाे…