८३ सालभित्र काठमाडौं–तराई द्रुतमार्ग बनिसक्छ : उपप्रधानमन्त्री खड्का

काठमाडौँ : उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले काठमाडौँ–तराई मधेस द्रुतमार्ग विसं २०८३ चैत मसान्तभित्र निर्माण पूरा हुने विश्वास व्यक्त गरेका छन्। राष्ट्रियसभाको आजको बैठकमा समय लिएर बोल्दै उनले सो आयोजना निर्माण कोरोनाका कारण प्रभावित भए पनि सरकारले तय गरेको समयभित्रै पूरा हुने उल्लेख गरे। आयोजना जुन गतिका साथ अगाडि बढ्नुपर्ने थियो त्यसो हुन नसकेको स्वीकार गर्दै…