कीर्तिपुर-कीर्तिपुर नगरपालिकामा उपनिर्वाचनको माहोल सुरु भएको छ। मंसिर १६ गतेका लागि तय भएको स्थानीय तहको उपनिर्वाचनको माहोल सुरु भएको हो। उपनिर्वाचनमार्फत नगरप्रमुख र दुई वडाध्यक्ष निर्वाचित हुने भएकाले नगरपालिका क्षेत्रभर चुनावका आकांक्षी र सम्भावित परिणाम बारे चर्चा सुरु भएको छ। नेपाली कांग्रेस, एमाले र माओवादीसहितका दलहरुले उम्मेदवार छनोटलाई तीव्रता दिएका छन्। विसं २०७९ को स्थानीय…