गृह मन्त्रालय र अनशन बसेका दीपक सिलवालबीच पाँच बुँदे सहमति, अनशन तोडियो

काठमाडौँ- विगत एक महिनादेखि हवाई उद्धार प्रभावकारी बनाउन हवाई एम्बुलेन्सको माग गर्दै काठमाडौँको शान्तिवाटिका अनशन बसेका तेह्रथुमका दीपक सिलवालले आजदेखि अनशन तोडेका छन् । गृह मन्त्रालयका उपसचिव दिलकुमार तामाङ र सिलवालबीच आज पाँच बुँदे सहमति भएसँगै उनले अनशन तोडेका हुन् । गृह मन्त्रालयमा आज आयोजित एक समारोहबीच गृह मन्त्री रमेश लेखकले उनलाई जुस पिलाएर अनशन तोडेका…