इन्धन डिपोमा आगलागी, ३४ जनाको मृत्यु

कोटोनु । नाइजेरिया सीमा नजिक बेनिनमा इन्धन डिपोमा आगलागी भएपछि विस्फोट भएको छ । यस दुर्घटनामा परी ३४ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुई बालबालिका पनि छन् । एक प्रतिबन्धित इन्धन डिपोमा आगो लागेपछि भएको विस्फोटले आकाशमा धुवाँको कालो बादल मडारिएको सरकारी अधिकारी र बासिन्दाले बताएका छन । बेनिनका आन्तरिक मामिला मन्त्री अलासने…