रुकुम । रुकुम पश्चिमको आठविसकोट नगरपालिका-१४ का हर्क पुन घरविहीन भएको एक वर्ष भयो । एक हिउँद र एक बर्खा टिनको टहरामा कटाएका उनलाई यो वर्षको चिसो पनि टिनकै टहरामा बित्ने हो की भन्ने डर छ । गत वर्षको कात्तिक १७ गते रातिको भूकम्पले घर भत्काइदिएपछि केही दिन त्रिपालमुनि रहेको उनको परिवार हाल टिनको टहरामा…