काठमाडौँ । जारी एन्फा महिला लिग-२०२४ फुटबल प्रतियोगिता अन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल पुलिस क्लबले संकटा महिला फुटबल क्लबलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा आज भएको खेलमा पुलिसले संकटामाथि २-१ गोल अन्तरको जित निकालेको हो । पुलिसका लागि अनुष्का शेर्पाले तेस्रो मिनेटमा गोल गर्दै खाता खोलिन । त्यसपछि खेलको सातौँ मिनेटमा…