विश्वकप क्रिकेट लिग–२ : आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदै

आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र ओमानबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार राति पौने ९ बजे क्यानडाको ओन्टारियोस्थित किंग सिटी स्टेडियममा सुरु हुनेछ । यसअघि सिरिजका तीन खेलमा लगातार हार बेहोरेको नेपाल आजको खेल जित्ने योजनाका साथ मैदामा उत्रँदैछ । नेपालले क्यानडासँगका दुवै र ओमानविरुद्धको पहिलो खेलमा हार बेहोरेको छ ।…