मिनरल वाटरलाई १ सय रुपैयाँ लिने जिम्बु थकालीलाई विभागले तिरायो ३ लाख जरिवाना

काठमाडौँ- वाणिज्य तथा आपूर्ति उपभोक्ता संरक्षण विभागले काठमाडौँस्थित शान्ति नगरको जिम्बु थकालीलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । अंकित मूल्यभन्दा तेब्बरमा मिनरल वाटर बेचेको पाइएपछि विभागले कारबाही गरिएको हो । उपभोक्तालाई ३५ रुपैयाँ मूल्य पर्ने मिनरल वाटरलाई १ सय रुपैयाँसम्म लिएको गुनासो आएसँगै विभागका महानिर्देशक राजन पौडेलसहितको टोलीले छड्के अनुगमन गरेको थियो । उपभोक्ता…