लमजुङ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले हालको स्वास्थ्य सेवा महँगो भएको हुँदा गरिब जनताले मार खेप्नुपरेको बताएका छन् । उनले स्वास्थ्यमा गरिब जनताको पहुँच पुग्ने गरी यस क्षेत्रलाई व्यवस्थित गर्न सरकार दत्तचित्त भएर लागेको स्पष्ट पारे । लमजुङ बेँसीसहर नगरपालिका-२ काफलडाँडा चिसापानीमा गाउँसहर स्वास्थ्य चौकीको नवनिर्मित भवनको आज उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले…