काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली खास स्वभावको व्यक्ति रहेको बताएका छन् । शनिवार माओवादी केन्द्रले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने, ‘प्रधानमन्त्री ओलीको खास स्वभाव रहेको छ, उहाँलाई यो गर्नु हुँदैन भनेपछि त्यही गर्नुहुन्छ, उहाँले गल्ती स्वीकार गरी कहिले आत्मसमीक्षा गर्नुहुन्न ।’…