काठमाडौं । नेपाल रेडक्रस सोसाइटीले बुधबार आफ्नो ६२औं स्थापना दिवस मनाएको छ । ‘मानवतालाई जीवित राखाैं’ भन्ने नाराका साथ देशभर रेडक्रस स्थापना दिवस मनाइएको छ । स्थापना दिवसकै अवसरमा नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यालयमा रेडक्रसको झण्डोत्तोलनसहित विशेष कार्यक्रम गरिएको छ । कार्यक्रममा नेपाल रेडक्रसका अध्यक्ष प्राध्यापक सुदर्शनप्रसाद नेपालले मानवीय सेवामा अहोरात्र खट्ने स्वयंसेवक र कर्मचारीहरूको…