सुडानमा हैजाको प्रकोप, अहिलेसम्म ४३० को मृत्यु

काठमाडौं– सुडानमा पछिल्लो महिना हैजाको प्रकोपबाट मृत्यु हुनेको संख्या ४३० नाघेको छ । देशमा जारी गृहयुद्धका बीच सुडानको स्वास्थ्य मन्त्रालयले हैजाका बिरामी झण्डै १४ हजार पुगेको जानकारी दिएको छ । सुडानको स्वास्थ्य मन्त्रालयले हैजाबाट मुक्ति पाउन हरसम्भव प्रयास गरिरहेको बताएको छ । सुडानका लागि अमेरिकी विशेष दूत टम पेरिलोका अनुसार देशमा द्वन्द्वको अवस्थाका कारण खाँचोमा…