पहिरोले बगाएका ६ जनामध्ये २ जनाको शव बागमतीमा फेला

मकवानपुर । बागमती गाउँपालिकामा गएको पहिरोमा बेपत्ता भएकामध्ये २ जनाको शव आज फेला परेको छ । बागमती–५ सिग्रेदोभानमा हिजो बिहान गएको पहिरोमा परी बेपत्ता भएका अक्कलबहादुर स्याङ्तान र उनकी २२ वर्षीय छोरी शीला स्याङ्तान १० किलोमिटर टाढा सिन्धुलीको हरिहरपुरगढीस्थित बागमती नदी बगरमा फेला परेको प्रहरीले जनाएको छ । पहिरोमा परेका अझै ३ जना बेपत्ता रहेका…