संसदको प्रमुख प्रतिपक्षी दल नेकपा माओवादीले संसद अवरोध खोलेको छ। प्रतिनिधि सभाको आजको बैठकको सुरुमा माओवादी सांसदहरू उठेर सभामुखको ध्यानाकर्षण गरेका थिए। सभामुख देवराज घिमिरेले उठेका सांसदलाई बस्न आग्रह गर्दै माओवादीका तर्फबाट बोल्न सांसद शक्ति बस्नेतलाई समय दिएका थिए। बस्नेतले सभामुखले ‘हिंसा’ शब्द असंसदीय नरहेको ठहर गरेकाले त्यसबारे आफ्नो भन्नु केही नरहेको सांसद बस्नेतले बताए।…