सहकारी छानबिन समितिले आज संसदमा प्रतिवेदन पेस गर्ने

काठमाडौं - सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज सोमबार आफ्नो प्रतिवेदन संसद्मा पेस गर्ने भएको छ। समितिका सभापति सूर्य थापाले सोमबार बस्ने प्रतिनिधिसभाको बैठकमा समितिको प्रतिवेदन पेस गर्ने बताउनुभएको छ। एमाले सांसद सूर्य थापाको नेतृत्वमा गत जेठ १५ गते गठन भएको संसदीय विशेष छानबिन समितिले जेठ २२ गतेदेखि आफ्नो काम…