मर्दी हिमालमा सुदीपको सालिक

कास्की । यहाँ अवस्थित प्रख्यात मर्दी हिमाल पदमार्गलाई अन्वेषण गरी विश्वमा परिचित गराएका प्रवर्द्धक सुदीप गौतमको सालिक राखिएको छ । सोही पदमार्गको बादल डाँडामा पार्कसहित उनको सालिक निर्माण गरिएको हो । तत्कालीन समयमा फाट्टफुट्ट भकारी र चित्राले बारिएका भेडी गोठ मात्रै रहेको मर्दीमा पदयात्रा पर्यटनको विकासको लक्ष्यका साथ गौतमले गरेको निरन्तरको प्रयासले नै मर्दी हिमाल…