काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक तत्त्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तु’ लोकार्पण गरेका छन् ।प्रधानमन्त्री निवासमा आज उक्त पुस्तक लोकार्पण गर्दै उनले हरेक प्राणीको चाहना सुख भए पनि मानवलाई सम्मानित तथा सुरक्षित जीवन यापनका निम्ति गरिबी अन्त्य गरी ‘समृद्ध विश्व, सुखी मानवजाति’ तर्फको यात्रामा अग्रसर हुनुपर्नेमा जोड दिए । हरेक व्यक्तिले सम्मानित जीवन बाँच्न…