हेटौँडा उपमहानगरपालिका : चालु आवको पहिलो महिनामै राजस्व सङ्कलनमा कमी

बागमती - मकवानपुरको हेटौँडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो एक महिनामा रु चार करोड ५० लाख १४ हजार राजस्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाका राजस्व शाखाका प्रमुख मनोज सुवेदीका अनुसार गत साउनमा उपमहानगरपालिकाले सम्पत्ति करबाट रु एक करोड ४४ लाख ८५ हजार, पूर्वाधार सेवाको उपयोगमा लाग्ने करबाट रु एक करोड १८ लाख ७५…