लेबनानको सीमामा इजरायली सेनासँग झडप जारी : हिजबुल्लाह

एजेन्सी– हिजबुल्लाहले इजरायली सेनासँग लेबनानको सीमा क्षेत्रमा जारी  झडपमा सक्रिय रहेको शनिबार जनाएको  छ । ‘इजरायली सैनिकले अदासेह गाउँ छेउछाउतर्फ अघि बढ्ने प्रयास जारी राखेसँगै हिजबुल्लाह लडाकुले उक्त प्रयासको सामना गर्दा झडप भएको विज्ञप्तिमा  उल्लेख गरिएको छ । निरन्तरको झडपपछि हिजबुल्लाह लडाकुहरूले इजरायली सेनालाई त्यस क्षेत्रबाट पछि हट्न बाध्य पारेको विज्ञप्तिमा जनाइएको छ । इरान समर्थित लेबनानी समूहले दक्षिण लेबनानको यारुन क्षेत्रमा साल्वो रकेट साथै सीमापार क्षेत्रमा रहेका…