आज काठमाडौँका यी क्षेत्रमा ५ घण्टा विद्युत् अवरुद्ध हुने

काठमाडौँ - काठमाडौँको थानकोट क्षेत्रमा आज पाँच घण्टा विद्युत् अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार बलम्बु सहायक वितरक केन्द्रको थानकोट फिडर अन्तर्गतका क्षेत्रमा बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म विद्युत् सेवा अवरुद्ध हुने भएको हो। प्राधिकरणले सतुंगलमा पोल तथा तार लत्रिएको तथा गुर्जुधारामा लगत खारेज भएको एचटी टिओडी मिटरको मिटरिङ युनिट निष्प्रभावी पार्ने…