काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका बेचन झाको थुनछेक बहस आजका लागि हेर्दाहेर्दैमा सकिएको छ । काठमाडौँ जिल्ला अदालतका न्यायाधीश तीर्थराज केसीको इजलासमा मुद्दा हेर्दाहेर्दैमा रहेको हो । सरकारी वकिल, बेचन पक्षका कानुन व्यवसायीले भने बहस सकिसकेका छन् । सबै पक्षको बहस सकिएपछि बेचनलाई थुनामा पठाउने वा धरौटीमा रिहा गर्ने भन्नेबारे आदेश हुन्छ…