काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टिमले भारतमा दुई साता लामो प्रशिक्षणको अवसर पाएको छ। यो अवसरका लागि नेपाल क्रिकेट संघ (क्यान)ले भारतको क्रिकेट नियमक बीसीसीआईलाई धन्यवाद दिएको छ। नेपाल राष्ट्रिय टिमले भारतको बैंग्लुरुस्थित नेशनल क्रिकेट एकेडेमी (एनसीए)मा दुई साता प्रशिक्षण गर्नेछ। जसका लागि क्यानले बीसीसीआई र बीबीसीआईका सचिव जय शाहलाई धन्यवाद दिएको हो। नेपाली राष्ट्रिय…