काठमाडौं । रास्वपा सांसद हरि ढकाललाई सभामुख देवराज घिमिरेले बोल्न रोकेपछि विपक्षी दलले आपत्ति जनाएका छन्। प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्ने क्रममा सांसद ढकालले विद्युत महसुलको विषयमा बोल्न थालेपछि सभामुखले माइक काटेका थिए। सभामुखले सांसद ढकाललाई बोल्न रोकपछि रास्वपा, राप्रपासहित विपक्षी दलको नेताहरूले उठेर विरोध जनाए। सभामुखले विषय केन्द्रित भएर नबोलेको भन्दै सभामुखले रोकेका थिए।…