काठमाडौं । नेपालको जलवायु–प्रविधि क्षेत्रमा ऐतिहासिक उपलब्धि हासिल गर्दै नेपाली युवाहरूले विकास गरेको एआई–आधारित वातावरणीय सूचना प्लेटफर्म ‘वायुदृष्टि’ संयुक्त राष्ट्रसंघको उत्कृष्ट विश्वव्यापी नवप्रवर्तन सूचीमा छनोट भएको छ । संयुक्त राष्ट्रसंघको आर्थिक तथा सामाजिक मामिला विभागले दिगो विकास लक्ष्य (एसडिजी) का लागि तयार पारेको प्रतिष्ठित ‘एसटिआई सोलुसन बुक २०२६’ मा वायुदृष्टिलाई समावेश गरिएको हो । विश्वभरबाट…