सुनौलो भविष्यको सपना साँचेर अध्ययनका लागि अष्ट्रेलिया पुगेकी नेपाली विद्यार्थी सुष्मा कोइरालाको जेठ १२ गते मंगलबार निधन भएको छ। दक्षिण अष्ट्रेलियाको एडिलेड सहरमा उनको जीवन अन्त्य भएको हो। सुष्माको मृत्युले एडिलेडबासी नेपाली समुदाय स्तब्ध छ। गैरआवासीय नेपाली संघ, साउथ अष्ट्रेलिया सहितका संघसंस्थाले घटनाको पुष्टि गरेका छन्। यो दुःखद घटनाबारे सुष्माका श्रीमान विक्रम अर्यालले सामाजिक सञ्जालमा…