लघुवित्तका ऋणीलाई राष्ट्र बैंकले दियो राहत

काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तका ऋणीहरुलाई राहत दिने भएको छ । बैंकले एक सर्कुलर जारी गर्दै समस्यामा परेर कर्जा तिर्न नसकेका ऋणीलाई कर्जा भुक्तानी अवधि तीन वर्ष थप गरी पुनर्तालिकीकरण गर्न सक्ने व्यवस्था गरेको छ । यसअघि यस्तो ऋणको पुनर्तालिकीकरणको अवधि एक वर्षको थियो । यस्तो पुनर्तालिकीकरण भने आगामी पुस मसान्तभित्र गरिसक्नु पर्नेछ ।…